२४ बर्षको कलिलो उमेरमै अस्ताईन् स्वोरा प्रधान

बुटवल : बुटवलमा स्कुटी अनियन्त्रित भएर पल्टिँदा घाईते भएकी एक युवतीको मृत्यु भएको छ। बुटवल –९ मिलनचोकबाट बसपार्कतर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी अनियन्त्रित भएर घाइते भएकी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार उनको उपचारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृत्यु भएको हो।

स्कुटीको पछाडि बसेकी उनी न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत थिईन्। दुर्घटनामा परी स्कुटी चालक जिल्ला सिद्धार्थनगर नगरपालिका–८ का २६ वर्षीय सन्दिप श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = 5