जेठ १५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल ! हेर्नुहोस

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ
स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
जाँगरमा सुधार आउने छ । आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा
उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला ।

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे
सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
आज त्यसै त्यसै समय अलमल गराउने खालको छ । काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते
पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू
बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्नेछन् । पैसा भने अनायसै खर्च होला ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन । गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादविवाद पनि होला । झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् । केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा
घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ । सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
कृषि जन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × one =