BREAKING NEWS : एसईई नहुने ! पढ्नुहोस

काठमान्डौं : निजी क्षेत्रका विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन र अभिभावक संघले को,रोना संक्र,मणले भयावह रुप लिएको यो बेला एसईई परीक्षा सम्भव छैन, गत वर्षमा जस्तै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा अन्तिम परिणाम सार्वजनिक गरियोस् भन्ने आवाज उठाएका छन् ।

‘गएको वर्ष २०७७ सालमा दैनिक ५ जना को,भिड संक्र,मणमा परिरहेका बेला विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा एसईईको अन्तिम परिणाम निकालियो, यस पटक यो संख्या बढेर ८ हजार पुगेको छ, दैनिक मृ,त,कको संख्या दुई सयभन्दा बढी पुग्यो’ रक्त,,का,ली फाउण्डेसन अन्तरगतको ह्वाइटफिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ भन्नुहुन्छ– ‘यस्तो बेला कसैले एसईईको परीक्षा हुन्छ भनेर कल्पना गर्नमिल्छ ?’

श्रेष्ठ यस्तो बेला एसईईको परीक्षा सञ्चालन गर्नु मानवीय अप,राध हुने बताउनुहुन्छ । ‘यति बेला काठमाडौं उपत्यकाबाट शिक्षकहरु गाउँ फर्किसकेका, एकातिर जीवनकै जोखिम अर्कातिर जाँचका लागि भौतिक पूर्वाधार जुटाउन कठिन छ,’ उहाँ भन्नुहुन्छ ।

अभिभावक पूजन मल्ल ‘ए’ लेभलको भर्ना सुरु भैसकेको, तर छोरीलाई सशरीर जाँच दिन पठाउँन सक्ने अवस्था नरहेको उल्लेख गर्नुहुन्छ । ‘नेपालभरि अनलाइन वा भर्चुअल परीक्षा सम्भव छैन, त्यसैले गत वर्षजस्तै एसर्ईई विद्यालयको आन्तरिक मूल्यांकनमा आधारित गर्नुको विकल्प छैन’ मल्ल भन्नुहुन्छ ।

शिक्षा क्षेत्रमा कलम चलाउँदै आएकी लेखक तथा स्तम्भकार सरिता अर्याल भन्नुहुन्छ, ‘मानिसको जीवनभन्दा ठूलो केही होइन, को,रोनाको दोस्रो लहरले बालबालिका र किशोर–किशो,रीलाई च्यापिरहेको छ, यस्तो बेला कुन मानसिकताले चाँच चलाउन सकिन्छ, यो त सोच्न पनि नसकिने कुरा हो ।’ यतिबेला विद्यालय र अभिभावकहरुका तर्फबाट शिक्षा मन्त्रालयमाथि चौतर्फी दबाब परेको बुझिएको छ ।

शिक्षा मन्त्रालयस्थित एक विश्वस्त स्रोतका अनुसार शिक्षा मन्त्रालय र परीक्षा बोर्डका अधिकारीहरु पनि एसईई विगत वर्षमा जस्तै आन्तरिक मूल्यांकनमा आधारित गर्नुपर्ने निष्कर्षमा पुगिसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty six − = forty four