खुसीको खबर: बृद्धभत्ता चार हजार पुग्यो !

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८ र ०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरिएको जानकारी दिएका छन् ।

जस अनुसार अब बृद्धभत्ता साउनदेखि मासिक चार हजार पुगेको छ । जसका लागि कूल एक अर्ब बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

बालबालिकाको भत्ता, एकल महिलाको भत्तामा पनि बृद्धि भएको छ ।

यस वर्षको बजेटमा पनि १४ वर्षमुनिका बालबालिकालाई मुटुको शल्यक्रियामा निःशुल्क गरिएको छ ।

साथै ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई पनि सबै उपचार खर्च निःशुल्क गरिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + four =