दुखद:खबर- बर्षातले गोठ भत्किँदा दुईवटा भैँसी र चार बाख्रा म,रे, कस्तो बिजोग ! हेर्नुहोस

काठमाडौं : लगातारको बर्षातले गोठ भत्किँदा भैँसी र बाख्रा मरेका छन्। गोरखाको शहीदलखन गाउँपालिका ७ बुङ्कोट बनकालीमा किसान धनबहादुर श्रेष्ठको एउटा ब्याएको भैँसी, पाडा, ब्याउने भैँसी, तीनवटा बाख्रा, एउटा बोका च्यापिएर म,रेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए।

गएराती धन्सार भत्किएको र लागतार पानी परिरहेकाले आजमात्रै उद्वार गरिएको उनले बताए। एक हल गोरु र एउटा पाडा भने घा,इते अव,स्थामा उ,द्वार गरिएको छ।

गोठ भत्किँदा दुईवटा भैँसी र चार बाख्रा म,रे

यसैबिच हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा बाढी आउँदा वस्ती जोखिममा परेको छ । तीन दिनदेखि निरन्तर परेको पानीका कारण चामेको नयाँबजारमा बाढी पसेको हो । चामे घट्टे खोला र ठाडोलाइन खोलाबाट आएको बाढीले वस्ति जो,खिममा परेको स्थानीयले बताएका छन् । स्थानीय पाल्साङ गुरुङका अनुसार उक्त ठाउँमा हालसम्मकै ठूलो बाढी आएको हो । बजार क्षेत्रभित्र बाढी पसेर सडक क्षत,वि,क्षत बनाएको छ । केही घरको जग लगेको छ । बिजुलीका पोलहरु लगेको छ । कुखुराका खोरहरु पनि बगाएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार चामेको नयाँबजारमा रहेको घट्टेखोलाबाट आएको बाढीले वस्ती जो,खि,ममा पारेको छ । शुक्रबार दिउँसो ३ बजे एक्कासि बाढी पसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पानी निरन्तर परिरहँदा घट्टेखोबाट बाढी पसेको हो ।

चामेको नयाँबजारमा बाढी पस्यो, बस्ती जोखिममा

दुईवटा पक्की घरहरु उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । केही छाप्रोहरु पनि जोखिममा परेको छ । बजारमै रहेको पक्की पुलको वरिपरिको भाग बगाएको छ ।

प्रह,री नायव उपरीक्षक सुवास खड्काका अनुसार घट्टेखोला माथिबाट आएको बाढीले वस्ती जोखिममा परेको हो । एउटा होटल र एउटा घरको जग पानीले लगेको छ । भत्किने अवस्थामा रहेको बताउनुभयो । यस्तै, ट्रस हालेर बनाइएको एक÷एक वटा मासुपसल, कस्मेटिक पसल पनि जोखिम अवस्थामा रहेको छ ।

ति जोखिम घरहरुको व्यक्तिलाई स्थानान्तरण गरिएको छ । सामानहरु पनि सारिएको छ । पानी परिरहेकाले जोखिम बढ्ने भन्दै वस्तीका नागरिकलाई स्थानान्तरण गर्न थालेको बताउनुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार दिउँसो एक्कासि खोला बढेर आउँदा बजार क्षेत्रमा बाढी पसेको हो । दिउँसोको समयमा बाढी आएकाले स्थानीय भाग्न सफल भएका छन् । घरहरुमा क्षति भएपनि मानवीय क्ष,ति नभएको उहाँले बताउनुभयो । पानी परिरहेमा अन्य घरहरु पनि जोखिममा पर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले गाउँपालिकाले जोखिम बढ्ने भन्दै गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । बसोबास र खानपानमा समस्या भएका गाउँपालिकाको वि,पद् व्यवस्थापन समितिलाई सम्पर्क गर्न अनुरोध गरेको छ । स्थानीयलाई स्थानान्तरणका लागि नेपाल प्र,हरी, शस,स्त्र प्र,हरी खटिएका छन् ।

यस्तै आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसम प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघ,गर्जन र च,ट्या,ङ्ग र हा,वाहु,री सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty five + = ninety one