निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ सवारी साधन मकवानपुर प्रहरीको फन्दामा !

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

आज जिल्लाका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको चेकिङ टोलीले निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना मानिसलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाइन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी गरी जम्मा ६२ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको हो ।

त्यस्तै निशेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गर्ने १८ जना ब्यवसायीलाई नियन्त्रणमा लिई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिमा आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =