राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाण्डौ : थाइल्यान्डको राजपरिवारले को,रोना भाइ,रस सङ्क्र,मणको महा,मा,री वि,रुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आइतवार बिहान नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएको स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार पाँच सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको हो ।

त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गर्नु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty − 53 =