निकै दुखद:खबर ! ढल्यो नेपाल प्रहरीको जिवित इतिहास

काठमान्डौं : सन्दर्भ पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको १३औं दिनको पुण्यतिथी  !! नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजिपी) खड्गजित बरालको गत जेठ ५ गते बुधबार बिहान नि,धन भई आज २०७८ जेठ १७ गते १३औं दिन पुगेको छ ।

सर्वप्रथम म उहाँ प्रति यो १३औं दिनको पुण्यतिथीमा भावपूर्ण श्र,द्धा,ञ्जली अर्पण गर्दछु । बरालको जन्म कप्तान बहादुरसिंह बराल र सरस्वती बरालको कान्छो छोराका रुपमा विसं १९८५ वैशाख ५ मा तत्कालीन पाल्पा (हाल पूर्वी नवलपरासी) को देवचुलीस्थित चुलीबोझा गाउँमा भएको हो ।

उनी २०१३ देखि २०३५ सालसम्म नेपाल प्रहरीमा रहे । उनले विसं २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा (हाल म्यानमार) का लागि आवासीय नेपाली राजदूतको जिम्मेवारी बहन गरे ।

यसका अतिरिक्त उनले इन्डोनेसिया, सिंगापुर र फ्रेन्च इन्डो–चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गरेका थिए । उनी २०४२ देखि २०४६ सम्म राष्ट्रिय पंचायतको सदस्य बने ।

नेपाल प्रहरीमा ६ वर्ष नेतृत्व सम्हालेका बराललाई ‘फादर अफ नेपाल पुलिस’ भन्ने गरिन्छ । नेपाल प्रहरीको आजको संरचना, सेवा सुविधाका लागि बरालले अग्रसरता लिएका थिए । उनी प्रहरी सेवापछि कुटनीतिक र राजनीतिक क्षेत्रमा पनि संलग्न थिए । बरालले नेपाल प्रहरीको नेतृत्व गरिरहेका बेला नेपाल प्रहरीका लागि बस्ने व्यवस्थित भवनसहित रासनसहित अन्य सुविधाको सुरु भएको थियो । नेपाल प्रहरीमा भीष्म पितामह सदृष विशालतम् मुर्धन्य व्यक्तित्व तथा बहुआयामिक प्रतिभा एवं चरित्रका धनि, गौरवशाली धरोहरका रुपमा उनको नाम लिने गरिन्छ ।

बराल ४४ वर्षकै उमेरमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीमा ६ वर्ष आइजीपी बन्ने बराल मात्रै हुन् । बराल आईजिपी बन्ने पहिलो स्नातकोत्तर उत्तिर्ण प्रहरी अधिकृत हुन् । उनी २०१३ सालमा प्रहरी सेवामा प्रवेश गर्दा नै स्नातकोत्तर उत्तिर्ण थिए । बरालको पारिवारिक पृष्ठभूमि ब्रिटिस आर्मीको थियो । उनका बुबा र दाजुभाइहरु ब्रिटिस आर्मी थिए । उनका पुर्खा नेपाली सेनामा रहेर अंग्रेजविरुद्धको युद्धमा सहभागी थिए । पछि भारतमा ब्रिटिस आर्मीका लागि उनिहरु भर्ना भएका थिए र त्यसको निरन्तरता पुस्तामा सर्दै आएको थियो । बराल हकी र फुटबलका राम्रा खेलाडी थिए ।

प्रजातन्त्रका सेनानी खड्गजीत बराल माथि अन्याय भएको छ । जनअधिकार बहालीका निम्ति नेपालमा भएको अहिलेसम्मकै सबै भन्दा ठूलो आन्दोलन हो –‘२००७ सालको जनक्रान्ति ।’ यो जनक्रान्तिमा खड्गजीत बराल आफ्ना बाबुको बन्दुक चोरेर सहभागी भएका थिए । क्रान्तिका लागि आवश्यक हात हतियारको जोहो मात्रै होइन, जनमुक्ति सेनाको भनौ तथा तालिममा बरालको धेरै ठूलो योगदान छ ।

२००७ सालको जनक्रान्ति सम्पन्न भएपछि आन्दोलनमा लागेका अन्य नेता तथा कमाण्डरहरु कोही मन्त्री बने कोही बडा हाकिम बने । क्रान्तिका उपलव्धीहरु निश्कर्षमा पुग्न बाँकी रहेको यर्थाथता उजागर गरेकै कारण उनी कोपभाजनमा परे । यहाँ भन्दा ठूलो विडम्वना अरु के हुन सक्छ रु जुन पार्टीमा संलग्न भएर उनी क्रान्तिमा होमिएका थिए, त्यही पार्टीले अधुरा उपलव्धीमा सहमति जनाए पछि बरालको चित्त दुखेको थियो ।

उनको क्षमता र योगदानको कदर नेपाली कांग्रेसले गर्न नसके पनि राजा महेन्द्रले गरे । उनी नेपाल प्रहरीमा आवद्ध हुन पुगे । छोटो समयमै नेपाल प्रहरीको सवै भन्दा उच्चपद आइजीपीसम्म भए । नेपाल प्रहरीको संगठनलाई आजको अवस्थामा पुर्याउन सबै भन्दा बढी योगदान बरालकै रहेकोमा कसैले विमती राखेका छैनन् ।

मैले पहिलो पटक बराल सँग मेरो भेट रोटरी क्लव अफ पशुपतिमा भएको हो । उनी प्रेसिडेण्ट भएको क्लवमा म आवद्ध थिएँ । त्यतिबेला आइजीपी पदबाट अवकाश भई चार वर्ष बर्माको राजदुत र पाँच वर्ष संसद (तत्कालिन राष्ट्रिय पंचायतको सदस्य) का रुपमा सेवा पुर्याइसकेका थिए । पदीय हिसावले राजदूत र रापंस भनेको आइजीपी भन्दा धेरै माथिल्लो हो ।

तर उनी आफूलाई पूर्व आइजीपीका रुपमा चिनाउन नै गर्व गर्थे । बहालबाला आइजीपीको भन्दा कम देखिँदैनथ्यो उनको सान सौकात र व्यक्तित्व । सबै रोटरियनहरु उनको हुकमका अघि नतमस्तक हुन्थे र बास्तवमा समाजसेवा के हो रु कसरी गर्न सकिन्छ रु भन्ने पाठ मैले उनबटै सिक्ने मौका पाएको हुँ । बाहिर देख्दा जति कडा र ठागो स्वभावका थिए, भित्री हृदय त्यति नै कोमल र मायालु थियो ।

मलाई रोटरी इन्टरनेशनलको पावल हेरिस फाउण्डेशनको पुरस्कार दिलाउन बरालको ठूलो हात छ । वास्तवमा नेपाल प्रहरीले ठूलो दुःख पाएको माओवादी द्धन्दकालमा हो । हज्जारौं प्रहरीहरु मारिए । उनीहरुका विधवाहरुको कन्तविजोग भयो । राज्यले वास्ता गरेन । सिपाहीका विधवा पत्नीहरु के खाउँ र के लाउँको अवस्थामा पुगे । त्यो संकटका बेला वरालले उनीहरुका निम्ति सिलाई बुनाई लगायत सीप मुलक तालिम दिलाएर आत्मनिर्भर बनाउने अभियान सुरु गरे । सीप मात्रै सिकाएनन् सिलाई मेसिन समेत उपहार दिएर आत्मनिर्भर बनाए ।

अपांग तथा शारीरिक रुपमा विकलांग बच्चाहरुका लागि विशेष अभियान नै चलाए । जन्मजात तालु फाटेर ओठ खुँडे भएका बच्चाहरुको सर्जरी गरी सामान्य अवस्थामा फर्काउने उनको अभियानमा मैले पनि सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ । अहिले नेपालमा ओठ खुँडे भएका बच्चाहरु देख्नै पाइँदैन । देख्ना साथ रोटरीले लगेर निशुल्क उपचार गरिदिन्छ । यसको जग बरालले नै बसालेका हुन् ।

मुलकका दुर्गम ठाउँहरुमा घुम्ती स्वास्थ्य सेवा पुर्याउने कामको थालनी उनले नै गरेका हुन् । त्यसैको देखासिखी यतिबेला धेरैले गरिरहेका छन् । उनी दिनरात नभनी २४ घण्टा खट्थे । कहिले काहीँ त मध्यरातमा समेत उनको टेलिफोन मलाई आउँथ्यो । राती भएन र हजुर रु भनेर मैले भन्दा उनको जवाफ आउँथ्यो –‘हामी कहाँ पो राति भएको छ, अरु ठाउँमा त दिन नै छ नि, उनीहरुसँग सम्पर्क गर्ने यतिबेला नै त होनी ।’ कत्रो जाँगर । उनले मलाई समाज सेवा मात्रै सिकाएनन्, राज्य कसरी चल्छ रु भन्ने कुरा समेत सिकाए ।

कुनै राजनेताको भन्दा कम थिएन उनको सुझवुझ । पछि गल्फ खेल्ने क्रममा पनि बरालसँग मेरो बाक्लो भेटघाट हुन थाल्यो रोयल गल्फ क्लवमा त्यतिबेला शक्ति केन्द्रमा रहेका पहुँचवालाहरुको ठूलो भिड हुन्थ्यो । त्यो भीडमा सायद सबै भन्दा बबुरो म नै थिएँ । तर उनले सबै भन्दा बढी आत्मियता मलाई नै देखाउँथे । मलाई गल्फको स्टीक दिएर सदस्य बनाएको उनले नै हो ।

धेरै लामो आयु लिएर आएका भाग्यमानी रहेछन् बराल । आइजीपीबाट अवकाश लिएपछि पनि करिव १० वर्ष राजदूत र राष्ट्रिय पंचायतको सदस्य बन्ने मौका पाए । त्यो अवधीमा पनि सबै भन्दा सफल राजदूतका रुपमा आफ्नो नाम दर्ज गराए । सबै भन्दा सफल रापंसका रुपमा आफ्नो नाम दर्ज गराए । २०४६ सालमा प्रजातन्त्र पुनवर्हालीपछि भने उनी ओझेलमा परे ।

२००७ सालको क्रान्तिमा योगदान पुर्याएकै नाममा विवादास्पद पूर्व आइजीपीलाई नेपाली कांग्रेसले सांसद हुँदै सहायक मन्त्रीसम्म बनायो, तर त्यत्रो अनुभव, क्षमता र योगदान भएका बराललाई कसैले सम्झेन । र पनि समाजसेवा मार्फत मातृभूमी प्रतिको कर्तव्यमा उनी चुकेनन् । २०४६ साल पछिका तीन दशक सक्रीय समाजसेवीका रुपमा विताए ।

जीवनको अन्तिम कालखण्डमा समेत उनको निवास (प्रहरी अस्पताल महाराजगञ्जको गेट अघि) मा यति ठूलो भीड हुन्थ्यो की, कुनै बहालवाला आइजीपी कहाँ समेत त्यति ठूलो भीड हुने गरेको मैले देखिन । उनको घरको फराकिलो कम्पाउण्ड सँधै भरिभराउ हुन्थ्यो । बहालबाला प्रहरी अधिकृतहरु सल्लाह सुझाव माग्न उनको निवासमा पुगिरहन्थे । ९० वर्ष नाघिसक्दा समेत उनको जोस, जाँगर तथा होसमा कत्ति पनि कमी आएको मैले देखिन । हातखुट्टा चलुन्जेल देशका कुना काप्चा पुगिरहे । सबैको शुभकामनाकै कारण ९३ वर्षको उमेरसम्म उनी सक्रीय भइरहे ।

सम्पन्न परिवारमा जन्मे हुर्केका बराल आर्थिक रुपमा पनि निकै सवल थिए । आफ्नो घर परिवारलाई पनि प्रहरीको जस्तै अनुशासनमा राखेका थिए । प्रहरी भनेको बर्दी लगाएको समाजसेवी हो, जागिरे मात्रै होइन भन्ने उनको मुल मन्त्र थियो । यही मुल मन्त्रलाई आत्मसात गर्दै उनले आफ्नो नातीलाई प्रहरी के हो यसको काम कर्तव्य र अनुशासन बुझ्नका लागि गएको स्थानीय निर्वाचनमा म्यादी प्रहरीमा भर्ती गरेर अन्य जवानले जस्तै ड्युटीमा खट्ने निर्देशन दिए ।

उनका नाती पुजन बरालले त्यसबेला महाराजगंजको एउटा विद्यालयमा रहेको बुथमा अन्य म्यादी प्रहरीले जस्तै ड्युटी गरेर हजुबुबाको निर्देशन पालना गरेका थिए । राष्ट्र सेवाको भावनामा समर्पित गराउन बरालले नातीलाई त्यो ठाउँमा पठाएका थिए ।

मानिसहरुले गणेशमान सिंहलाई लौह पुरुष भन्ने गर्छन् । म पूर्व आइजीपी बराललाई सतिसाल भन्न मन पराउँछु । वास्तवमा राणा शासन समाप्त गर्न बरालको ठूलो योगदान थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five × = 20