सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ

काठमाडौँ : सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विष्णुपुरा गाउँपालिका ७ बस्ने २८ वर्षिय अभिमन्यु कुमार र राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास छन् ।

भारतबाट स ४ प ३४९७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजाल्याव ६५ वटा, फेनारागन ७५ वटा, लुपिजेसिक ६५ वटा र नाईट्रोभेट ट्याब्लेट ५० वटा फेला परेपछि पक्राउ गरिएको हो ।एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट बैशाख १७ गते एपीएफ टोलीले करीव ४ ग्राम ब्राउन सुगरसहित बेलडाँडी गाउँपालिका ५ बस्ने २१ वर्षिय गोपाल रानालाई पक्राउ गरेको छ ।

से २ प ५०१८ नम्बरको मोटरसाईकलमा सवार निज रानालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिल्मीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला पारेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका रानालाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty one = sixty four