एसईई गएको वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाण्डौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएको वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रालयको बैठकले गएको वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हो ।

गएको वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।

मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुसार विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले मन्त्रालयले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । अब मन्त्रिपरिषद् बैठकले पारित गरे पनि मूल्याङ्कन प्रक्रिया सुरु हुने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty eight = seventy six