सोमबार ४,७६२ संक्रमित थपिए ,६४९१ संक्रमणमुक्त, ११४ को मृ,त्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा छ हजार ४ सय ९१ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ४७ हजार ४ सय ४६ संक्रमणमुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ हजार ७ सय ६२ मा संक्रमण देखिएको हो । पाँच लाख ६१ हजार ३ सय २ जनालाई संक्रमण देखिइसकिएको छ।

१७ हजार ४ सय ८० जनाको कोभिड परीक्षण गरिएको थियो । ३० लाख ५७ हजार ४ सय २४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमित १ लाख ६ हजार ४ सय ७० छन् ।

त्यसैगरी आज १ सय १४ जनाको मृ,त्यु भएको छ । हालसम्म ७ हजार ३ सय ८६ को मृ,त्यु भएको छ । काठमाडौँमा ८ सय ९०, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय २१ जनामा संक्र,मण देखिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ nine = one