पुर्ब माओवादीहरुको एकता: संरक्षक मोहन वैद्य, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव नेत्र विक्रम चन्द

काठमान्डौं : नेकपा एमालेभित्र ओली समुह र माधव नेपाल समुहको बिचमा एकता र नयाँ सहकार्यको बिषयमा चर्चा भैरहेको बेला पुर्ब माओवादीहरुको एकता चर्चा पनि निकै चुलिएको छ । पछिल्लो समय माओवादीहरुको बिचमा एकताको चर्चा भएको भएता पनि कसरी एकता होला भन्ने चासोको बिषय थियो ।

नेपालमा २०५२ सालबाट जनयुद्ध शुरु भएर २०६२ /६३ को जन आन्दोलन पश्चात राजतन्त्रको अन्त्य भयो । माओवादी आन्दोलनको कारण नेपालमा संघियता, धर्मनिरपेक्षता, संबिधान सभाबाट संबिधान जस्ता बषौं देखि चलिराखेका राजनैतिक मुद्धाहरुको समाधान त भयो तर आम नागरीकहरुको जिवनमा भने ठुलो परिपर्वत देखिएन ।

यस्तो अबस्थामा जनसेनालाई क्यानटोमेण्टमा राख्ने, शान्तिपुर्ण राजनैतिक कार्यदिशालाई अंगाल्ने, कार्यकर्ता ब्यावस्थापन लगायतका यावत बिषयहरुमा माओवादी पार्टी भित्र बिभिन्न समयमा चर्को चर्को बहसहरु भए । बहसको परिणाम नेकपा माओवादी बिभाजनको दिशामा अगाडी बढ्यो । आज माओवादी मुलधारबाट बिभाजन भएका पार्टीहरु झण्डै आधा दर्जन आसपास पुगिसकेका छन् ।

यस्तो अबस्थामा पुर्व माओवादीहरु कसरी एक होलान भन्ने आम नेता कार्यकर्ताहरुको चासो र चिन्ता बिषय छ । यस्तैमा माओवदाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरीक तथा पार्टी कार्यकर्ताहरुसँग अबको कम्युनिष्ट पार्टि कस्तो बन्नुपर्ला भनेर मागेको सुझाव संकलनमा पनि पुर्व माओवादीहरुको एकताको बिषय निकै चर्चामा छ ।

कसरी होला त पुर्व माओवादीहरुको एकता रु नेतृत्वको कार्यबिभाजन कसरी होला ? कुन नेतालाई कुन पदमा वा कस्तो भुमिकामा रहदा माओवादी आन्दोलनको मुभमेण्ट अगाडी बढ्ला यो सबै भन्दा चिन्ताको बिषय हो । यहि बिषयमा क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुषालले माओवादीको एकता पार्टीको नाम नेकपा समाजवादी पार्टी ।

संरक्षकस् मोहन वैद्य, अध्यक्ष: पुष्पकमल दाहाल, उपाध्यक्षस् बाबुराम भट्टराई, महासचिवस् नेत्र विक्रम चन्द, समाजवादी क्रान्तीको कार्यदिशा, यसरी पार्टी एकता गरे कस्तो होलारु कसो होला भनेर सामाजीक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । उनको यो बिषयलाई धेरैले मजाकको रुपमा लिएको भए पनि यसरी एकता गर्दा अझै आम नागरीकहरुको समास्या समाधान गर्ने दिशामा माओवादी आन्दोलन अगाडी बढ्ने भने बिस्वास लिन सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two ÷ = 4