अस्पतालले स्टेटमेन्ट जारी गदैं ! विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भ्यान्टिरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन ।

थापाका साथी एवं डाक्टर विष्णु दवाडीले अनलाइनखबरसँग भने, ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर रहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।

थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन पनि गरेका थिए ।

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए । पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो ।

एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × two =