भिनसेनगोलामा ट्राफिकको छड्के चेकिङ !

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि निषेधाज्ञा जारी छ । यद्यपि, निषेधाज्ञामा सुरक्षाकर्मीको आँखा छलेर पास बिना नै सवारीसाधन चलाउनेहरुको संख्या घटेको छैन ।

पास बिना नै सवारीसाधन लगाएको गुनासो आएपछि बुधवार साँझ काठमाडौंको भिमसेन गोलामा ट्राफिक प्रहरीहरुको एउटा समुहले सडकमा गुडिरहेका सवारीसाधनको छड्के परीक्षण गरेको छ ।

प्रहरीले अचानक चेकिङ गरेर केही मोटरसाइकल तथा गाडीलाई होल्ड गरेको छ । हामीले खिचेका केही तस्बिरहरुमा ट्राफिक प्रहरीले मोटरसाइकल तथा गाडीहरुलाई रोकेर सोधपुछ गरिरहेको देखिन्छ ।

तस्बिरमा प्रहरीले प्रेसको पहेंलो ज्याकेट लगाएकी एक जना महिलालाई समेत रोकेको छ ।

तस्बिरमा उनले मोबाइलमा कसैलाई सम्पर्क गर्न खोजिरहेको देख्निछ ।

जिल्ला प्रशासन कार्यालयले सूचना विभागको पास लिएका पत्रकारहरुलाई मात्र सवारीसाधानमा यात्रा गर्न दिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety seven − = 90