अत्यन्तै जरुरी सुचना: किन रोकियो डिएसपीदेखि डिआईजीसम्मको सरुवा ? हेर्नुहोस

काठमान्डौं : प्रहरी नियमावली २०७१ को परिच्छेद-५ , दफा-५० को उपदफा (१) अनुसार अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा नगरिने उल्लेख छ। एक वर्ष नपुग्दै सरुवा गरिएमा त्यसको कारण समेत खुलाउनुपर्ने भनिएको छ।

यहि व्यवस्था अनुसार एक वर्षभन्दा अघि सामान्यतस् सरुवा नगर्ने तर एक वर्ष अवधि पुगेपछि सरुवा गर्ने हुन्छ। सोही अनुसार प्रहरी प्रधान कार्यालयले सामान्यतया प्रमुख भएर नेतृत्वका गरेकाहरूको एक वर्षको अन्तरमा सरुवा गर्दै आएको छ। प्रहरी प्रधान कार्यालयले एक वर्षको अन्तरमा नियमित सरुवा पनि गर्दै आएको छ। अहिले भने १५-१६ महिनासम्म पनि प्रहरी अधिकारीहरूको सरुवा हुन सकेको छैन।

प्रहरी नियमावली २०७१ को दफा ४८ मा कुन प्रहरी कर्मचारी कसले सरुवा गर्नसक्ने भन्ने उल्लेख गरिको छ। दफा ४८ को (ख) अनुसार एसएसपी र डीआईजीको सरुवा गृहमन्त्रीले गर्ने उल्लेख गरिएको छ। अर्थात् डीआईजीको सरुवा अधिकार गृहमन्त्रीलाई मात्र छ। अहिलेका गृहमन्त्री ओली नै हुन्। उनीबिना प्रहरी महानिरीक्षकले चाहेर पनि डीआईजीको सरुवा हुन सक्दैनन्। नियमित सरुवा रोकिँदा व्यक्तिगतदेखि नतिजासम्म असर पर्छ । सरुवा रोकिँदाको असर नेतृत्व विकास, नतिजा, स्वार्थकेन्द्र हाबीसम्म हुने गरेको स्रोतको भनाइ छ ।

जिम्मेवारी सम्हालेको एक वर्ष नाघिसक्दा समेत डीएसपीदेखि डीआईजीसम्मका केही अधिकारीको सरुवा हुन सकेको छैन। २०७६ फागुन २७ गते सरुवा भएका डीएसपीहरु नविन कार्की, भरत श्रेष्ठ, प्रतितसिंह राठौर, मदन कुँवर, रमेश सिंह, दीपक खड्का लगायतको सरुवा भएको एक वर्ष नाघिसकेको छ। यिनीहरूमध्ये डीएसपी सिंह सर्टिफिकेट कीर्ते गरेर जाखिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि निलम्बनमा छन्।

२०७७ वैशाख २० गते प्रहरी प्रधान कार्यालयले एसपीहरु कमल थापा, अजय केसी, अनुपमशमशेर राणा, शारदा चौधरी, गणेश चन्द लगायतको सरुवा गरेको थियो। उनीहरूको सरुवा भएको १३ महिना हुँदा समेत हेडक्वार्टरले सरुवा सूची निकाल्न सकेको छैन। २०७७ वैशाख दोस्रो साता बढुवा भई पदस्थापन भएका एसएसपीहरूको नै सरुवा निकाल्ने बेला भइसकेको छ।

२०७७ वैशाख ८ गतेदेखि कमाण्ड सम्हाल्दै डीआईजीको पनि अवस्था उस्तै छ। डिआईजीहरु सहकुलबहादुर थापा, ईश्वरबाबु कार्की, धीरजप्रताप सिंह, वसन्त लामा, घनश्याम अर्याल, रवीन्द्र धानुक, वसन्तकुमार पन्त, उत्तमराज सुवेदी, अरुण जिसी र प्रकाशजंग कार्कीको पनि सरुवा हुने बेला भइसकेको छ।

२०७७ बैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा भएका आठ डीआईजीहरुलाई प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्यूरो ९सिआईबी० मा पदस्थापन गरिएको थियो । जसअनुसार केन्द्रिय अनुसन्धान ब्यूरो ९सिआईबी० मा सहकुलबहादुर थापा, एक नम्बर प्रदेश प्रहरी प्रमुखमा ईश्वरबाबु कार्की, दुई नम्बर प्रदेशमा धिरजप्रताप सिंह, बागमती प्रदेशमा बसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, लुम्बिनी प्रदेशमा रवीन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्तकुमार पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार सिआईबीमा कार्यरत सहकुलबहादुर थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गर्ने तयारी गरिएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अरुणकुमार बिसिको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा, दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी दिवेश लोहनीलाई पठाउने तयारी गरिएको छ । एक नम्बर प्रदेशका डीआईजी ईश्वरबाबू कार्कीलाई प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालय प्रमुखको जिम्मेवारीमा ल्याउने तयारी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालका कर्णाली प्रदेशका डीआईजी बसन्तकुमार पन्त वा प्रवन्ध निर्देशनालयका डीआईजी पुरुषोत्तम कंडेललाई पठाउने बिषयमा गृहकार्य भइरहेको बुझिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी प्रकाशजंग कार्कीको सरुवा गर्ने तयारी छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी गणेशबहादुर ऐर र डीआईजी मुकुन्द आचार्य मध्ये एकलाई पठाउने तयारी भएको गृह निकट स्रोतले बतायो ।

कर्णाली प्रदेशमा डीआईजी प्रकाश अधिकारी र सुदुरपश्चिम प्रदेशमा डीआईजी डा। देवबहादुर बोहरालाई पठाउने तयारी भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा सरुवा हुन धेरै डीआईजीहरुले इच्छा देखाएका छन् । स्रोतका अनुसार सिआईबीको नेतृत्वमा डीआईजी उत्तमराज सुवेदीको सरुवा हुने सम्भावना देखिएको छ । डीआईजीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह र बसन्तकुमार लामाको प्रहरी प्रधान कार्यालयमा सरुवा हुने छाँटकाट देखिएको छ । उता लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र बहादुर धानुकलाई विशेष ब्यूरोको जिम्मेवारी लगभग पक्का जस्तै भएको छ ।

सरुवा रोकिनुको कारण भने सरुवामा शक्तिकेन्द्रकोको आफु अनुकुलको निर्णय गराउने उद्देश्य भएको स्रोतले बतायो। माओवादीबाट एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई सर्वोच्च अदालतले हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रमसहित ८ वटा मन्त्रालय आफूसँग राखेका छन्। यसअघि रक्षा समेत आफूसँगै राखेका प्रधानमन्त्री ओलीसंग अहिले गृह सहित ८ मन्त्रालय छन्। अहिले जसपाको महन्थ(राजेन्द्र खेमा सरकारमा जाने तयारीमा छ । मन्त्रिपरिषद पुनर्गठन गर्दा नयाँ गृहमन्त्री आउने र सरुवाको प्रक्रिया छिट्टै सुरु हुने गृह निकट स्रोतले बतायो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =