ओली नेतृत्वको सरकार कुर्सी बचाउने खेलमा लाग्यो: प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुुुुर्सी बचाउने खेलमा उदत्त रहेको आ,रोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले सरकारले बजेटमार्फत केही ‘राष्ट्र र जनविरोधी’ योजनाहरु ल्याएर कुर्ची बचाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

सरकारले ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा तराइलाई मरुभुमीकरण नगर्न आग्रह गर्दे अध्यक्ष प्रचण्डले उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen ÷ 16 =