रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रसारण हुने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रसारण आजबाट सुरु हुने भएको छ । दुई सातासम्म रोकिएको शो आजबाट “द भ्वाइस अफ नेपाल “को अफिसियल पेजमा कार्यक्रम प्रसारण हुने बताइएको छ ।

पेजमा लेखिएको छ, ‘आजबाट हामीहरू नक आउटका नयाँ शृङ्खलाहरू लिएर आउँदैछौँ । महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइरहेको हुँदा यो साता र अर्को साता, शुक्रबारमात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ । त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउनेछौँ ।’

को,रोना सङ्क्र,मणको जोखिम बढेकाले नयाँ भागहरू छायांकन गर्न नसकिएका कारण प्रसारण रोकिएको टिमले जनाएको थियो । यो शोका कोच तथा केही प्रतिस्पर्धीहरूलाई को,रोना सङ्क्रमण भएपछि शो अझ प्रभावित भएको थियो ।

प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा को,रोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठ अस्प,तालमा उपचाररत छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 48 = fifty seven