दिल्लीले आजपनि सन्दिपलाई खेलाएन, हेर्नुस यस्तो छ दुबै टिमको प्लेईङ ईलाभेन

काठमाडौं, १९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत सोमबार बेलुका रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।

दुबईमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने समेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ । यद्यपि हालसम्म दिल्लीले खेलेका चारवटै खेलमा मौका नपाएका सन्दीप पाँचौ खेलमा पनि बेन्चमा नै रहेका छन् ।

आजको खेलमा दिल्लीले एक परिवर्तन गरेको छ, जसमा दायाँहाते स्पिनर अमित मिश्राको ठाउँमा बाँयाहाते स्पिनर अक्षर पटेलले मौका पाएका छन् । चोटका कारण मिश्राले आइपिएलका बाँकी खेलहरु गुमाउने छन् ।

दिल्लीले खेलेका चार खेलमध्ये तीनमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी बैंगलोरले पनि चारमध्ये तीनमा जीत निकाल्दा एकमा हार व्यहोरेको छ । आजको खेल जित्‍ने टोली अंकतालिकाको शीर्ष स्थानमा उक्लने छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy five − = 70