१५ तस्बिरमा हेर्नुस बेङ्लोरबिरुद्ध दिल्लीको धमाकेदार ब्याटिङ ( फोटो फिचर )

काठमाडौं : सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा पनि दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा परेका छैनन्। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीको प्लेइङ सेटमा सन्दीप लगातार पाँचौं खेलसम्म पर्न असफल भएका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीको टिममा एक खेलाडी परिवर्तन भएको छ। अमित मिश्रा औलामा चोट लागेको कारण आइपिएलको बाँकी खेल गुमाउने भएपछि आजको खेलमा उनको स्थानमा अक्षर पटेलले मौका पाएका छन्। अमित बाहिरिएसँगै सन्दीपले मौका पाउने सबैको अनुमान थियो। तर दिल्लीको नजरमा सन्दीपभन्दा पनि अलराउण्डरको भूमिकामा रहेका अक्षरलाई मौका दिइएको हो। बैंग्लोरको टिममा भने दुई खेलाडी परिवर्तन भएको छ।

एडम जाम्पाको स्थानमा मोइन अली र गुरकिरात सिंहको स्थानमा मोहम्मद सिराजले प्लेइङ इलाभेनमा मौका पाएका छन्। आजको विजेता टिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिनेछ। दिल्ली र बैंग्लोर दुवै टिमले समान ४ खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित समान ६ अंक बनाएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty − seventy three =