हस्ताक्षर फिर्ता नहुने आश्वासन दिन देउवा निवास पुगे दाहाल र नेपाल

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भइरहेको छ । छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् ।

स्रोतका अनुसार देउवालाई भेट्न पहिला नेपाल र पछि दाहाल पुगेका थिए । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्तावमा झलनाथ खनाल र नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल–नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो ।

देउवा निवासको छलफल अघि दाहाल र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = forty five