मुख्यमन्त्री भट्टलाई बधाई दिँदै भीम रावलले भने: विधि, पद्धती मिच्नेहरूले केही शिक्षा सिक्ने कि ?

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा त्रिलोचन भट्टलाई बधाई दिएका छन्।
आज मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए।

२४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका छन्, उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएकोमा पनि रावलले बधाइ दिएका छन्।

यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने रावलको जोड छ।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि१’

रावल नेता माधव नेपाल निकट छन्। अध्यक्ष ओलीले नेपालसँगै रावललाई पनि कारवाही गरेका छन्। तर सुदूरपश्चिममा नेता नेपाल पक्षका सांसदहरूको दबदबा छ। केन्द्रले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिए पनि संसदीय दलको बैठक गरी विश्वासको मत दिने निर्णय गरेका थिए।

नेता रावल पनि सुदूरपश्चिमकै हुन्। उनी एमाले सुदूरपश्चिम प्रदेश ईञ्चार्ज थिए। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा हस्ताक्षर गरेपछि रावलसहित नेता नेपाल पक्षका ११ जनालाई पार्टीबाट अध्यक्ष ओलीले निकालेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = seven