गाँजाखेती लाई बैधानिकता दिन छिटो छलफलमा जुटौँ – कांग्रेस नेता धनराज गुरुङ

काठमाडौं : मुलुकमा पछिल्लो समय राजनीतिक विषयसँगै गाँजाखेती बारेपनि बहस बढ्दै गएको छ । नेपाली कांग्रेसका नेता
तथा सांसद धनराज गुरुङले राजनीतिक खेलोफड्को का विषय मात्रै नभई अब गाँजा खेतीतर्फ छलफल अघि बढाउनु पर्ने टिप्पणी गरेका छन् ।

उनले गाँजा खेतीको प्रकार बुझेर त्यसलाई बैधानिकता दिई मुलुकले आर्थिक लाभ उठाउनु पर्ने त्यसका लागि सांसदहरुले बहसमा ल्याउन सक्नुपर्नेतर्फ संकेत गरेका छन् ।

नेपालमा गाँजाखेती गर्नु गैह्कानुनी मानिन्छ । यद्यपि कतै कही खेती गरिहेको पाइन्छ । गाँजाखेतीबारे महत्व बुझ्न र बुझाउन र त्यसको प्रकार बुझाउन नसक्दा गाँजाखेती बारे जनमानसमा धेरै भ्रम फैलिएको छ । प्रहरी प्रशासनले पनि कतै त्यस्तो खेती गरिएको थाहा पाए गाँजा फडानी गरि नियमानुसार कारवाही गर्दै आएको छ ।

तर, भियनामा गाँजालाई मादक पदार्थको सुचिबाट हटाउने पक्षमा नेपालले समेत मतदान गरेको थियो । तर, आफ्नै मुलुकमा प्रतिबन्ध छ ।

कतिपय धनी देशहरुले गाँजालाई औषधीजन्य पदार्थको रुपमा कानुनी मान्यतासमेत दिई सकेका छ ।
संसदमा पनि गाँजाखेती गर्नुपर्ने सम्बन्धमा ध्यानाकर्षण प्रस्ताव पुगिसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety four ÷ 47 =