जीवन र मृ-त्यु सँग लडिरहेकी नायिका निशाको अवस्था नाजुक , सहयोग माग्दै परिवार

काठमान्डौं : मानिसको जीवनमा कस्तो घट,ना कतिखेर घट्छ कसैलाई थाहा हुँदैन । अभिनेत्री बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घ,टना घ,ट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो ।

दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दु,र्घ,टनाले आज उनी जीवन र मृ,त्युसँग लडिरहेकी छन् । डिप्लोमा गर्न भारत पुगेको केही समयमा नै उनी सवारी दु,र्घट,नामा परिन् । जसका कारण उनलाई ब्रेन ह्या,मरेज भयो ।

लामो समय उनको भारतमै उप,चार भयो । तर, अस्प,तालको खर्च धान्न नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपाली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्चमा परिवारले निशालाई एम्बु,लेन्समा राखेर नेपाल ल्याए । उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा ।

उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँखा रसाउँछ । केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइ,रल भएका छन् ।

उनको अवस्था देखेर सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले उनको पितालाई १० हजार सहयोग गर्‍यो । भेटमा उनका पि,ताले सहयोगका लागि आग्रह गरेको शानले बताए ।

निशाको अवस्था देख्दा आफू भावुक भएको उनी बताउँछन् । निशाले एक नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन्।

उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् । निशालाई सहयोग गर्न चाहनेले उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ मा फोन गर्न सक्ने निर्देशक थापाले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + three =