गृहमन्त्री बन्न रोक्नेलाई महेश बस्नेतले भन्छन: मेरो सफलतामा आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई मन्त्री बन्नबाट रोक्ने केही नेताहरु आफ्नो राजकाज सकिन्छ भन्ने ठानिरहेको टिप्पणी गरेका छन् । उनले विरोधीहरु व्यापक रुपमा आफूलाई मन्त्री बनाउनु हुँदैन भनेर लागेको टिप्पणी समेत गरेका छन् ।

आज फेसबुकमा आफ्नो धारणा प्रष्ट पार्दै बस्नेतले लेखेका छन्, ‘मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’ उनलेका संकेत प्रधानमन्त्रीको सल्लाकार केही नेताहरुप्रति थियो ।

महेश बस्नेत ओलीसँग रुष्ट, गुट परिवर्तनसम्मको चेतावनी !

बस्नेतको गृहमन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो । अपरान्ह ३ बजेसम्म खगराज अधिकारी र महेश बस्नेतमध्ये कस्लाई बनाउनेबारे प्रधानमन्त्री ओली निश्चित भइसकेका थिएनन् । तर, प्रधानमन्त्री ओलीलाई उनका केही सल्लाहकारले बस्नेतको पृष्ठभूमि विवादास्पद भन्दै रोकेको बुझिएको छ । यसप्रति बस्नेत निकै आक्रोशित भई भविष्यमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

बस्नेतले लेखेका छन्ः मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु।

आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन ।

मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty nine ÷ = thirty nine