बैंगलोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा ! पञ्जाब पुछारमा ( हेर्नुस अंक तालिका )

काठमाडौं । कगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दा दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै वासिन्टन सुन्दरले १७ रन बनाउँदा अरोन फिन्च १३, नवदिप शैनी १२, मोहिन अली र सुभम डुबेले समान ११ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै आरिच नोर्टेज र अक्षर पटेलले समान दुई–दुई विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो ।

दिल्लीका लागि स्टोइनिस अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै पृथ्वि शले ४२ रन बनाउँदा रिषभ पन्त ३७, शिखर धावन ३२ तथा कप्तान श्रेयस यैरले ११ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि मोहम्द सिराजले दुई विकेट लिए । त्यस्तै इसुरु उडान र मोइन अलीले एक–एक विकेट लिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty five ÷ = eleven