लकडाउनमा पर्यटक प्रहरी, सुरक्षा र उद्दार मा संधै अगाडी

काठमाडौँ : पर्यटक प्रहरी जसले नेपालमा भित्रिएका अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकको सुरक्षा गर्छ । पर्यटकको विविध समस्यालाई सम्बोधन गर्ने प्रह,रीले लक डाउनको समयमा पनि समस्यामा परेका पर्यटकहरूको सेवामा कुनै कसर बाँकी राखेन ।

लकडाउनको अवधिभर पर्यटक प्रह,री ईकाई भृकुटीमण्डप काठमाडौँले स्थानीय प्रहरीसँगको समन्वयमा पर्यटकहरूको सुरक्षित व्यवस्थापन, नेपालको विभिन्न स्थानमा यातायातको अभावमा अलपत्र परेर रहेका पर्यटकको उद्धार, आफूलाई बेवारिसे बनाई हिँडिरहेका विदेशी नागरिकहरूको सम्बन्धित निकाय एवं संस्थाहरूसङ समन्वय गरी सुरक्षित स्थानसम्म पुग्नको लागी महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।

साथै सगरमाथाको आ,रोहणको क्रममा उद्धार गर्नुपर्ने आ,रोहीहरूको समेत सम्बन्धित निकायहरूसंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुर्याउदै आएको निमित्त कार्यालय प्रमुख चन्द्रकिशोर शाहले बताए ।

पर्यटकको सेवा, सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो , नेपाल घुम्न आएका सबै व्यक्तिहरू सुरक्षित तरिकाले घुमेर फर्किन सक्ने वातावरण निर्माण गर्न हामी दिनरात नभनी लागिपरेका छौँ” उनले भने ।

भर्खरै मात्र हाम्रो टिमले सगरमाथा आरोहण पश्चात् अलपत्र परेका विदेशी नागरिकहरूलाई काठमाडौँ सम्म आउनको लागी सहयोगी भूमिका निर्वाह गर्‍यो शाहले पर्यटन बजारलाई भने ।

त्यति मात्र होइन , उनीहरूको पासपोर्ट र कागजपत्रनभएमा सम्बन्धित निकायमा समन्वय गरी उपलब्ध गराउने देखि उनीहरूलाई आफ्नो देश फर्किन सहयोग पनि पर्यटक प्रहरीले गर्दै आएको छ ।

पर्यटक बि,रामी परेमा अस्प,ताल भर्ना गर्ने, आफन्त फेला नपरे आश्रममा लगेर राख्ने र तिनै पर्यटकको उपचार र बास बस्ने आवासको लागी के गर्न सकिन्छ भनेर सरकारसँग समेत छ भइरहेको उनले बताए।

पर्यटक प्रह,रीको कार्यालयमा धेरै पर्यटक हरू आफ्नो गुनासो लिएर आउने गर्दछन् , कोही समान हरायो, कोही ट्राभल एजेन्सीले ठगी गर्‍यो , कोही होटेलको कम्प्लेन , कोही पासपोर्टको खोजी गर्ने आग्रह त कोही बेसहारा बनेर हिँडेको र आफ्नो देश फर्किन सहयोग गरिदिने अपिल सहित कार्यालय पुग्छन् ।

गुनासो सुन्ने हामी पर्यटक प्रह,री भएकै कारण समन्वयमा सहज भएको भन्दै धेरै पर्यटकहरू खुसी समेत व्यक्त गरेर जाने गरेको शाहको अनुभव छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = 35