‘निषेधाज्ञाको मारमा परेका जनतालाई भोकबाट बचाउनुहोस’ भन्दै गर्जिए ऋषि धमला

काठमाडौं : रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङले काठमाडौंमा निषेधाज्ञाको मारमा परेका पीडितहरुलाई निःशुल्क खाना प्रदान गरेका छन् । वीपी स्टडी युथ सर्कलले आज (शुक्रबार) आयोजना गरेको विशेष कार्यक्रममार्फत पत्रकार धमला र राज्यमन्त्री गुरुङले संयुक्त रुपमा खाना वितरण गरेका हुन् ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पत्रकार धमलाले निषेधाज्ञाको मारमा परेका जनतालाई रोग र भोकबाट बचाउने दायित्व सरकारको भएको भन्दै यसतर्फ गम्भीर पहलकदमी लिन सुझाव दिएका छन् । उनले सरकारले गरिब, असहाय तथा निमुखा जनतालाई भोकबाट बचाउनुपर्ने धारणा राखे ।

निषेधाज्ञा थपिरहने तर भोका जनतालाई खानाको उचित व्यवस्थापन नगर्ने हो भने जनताप्रति अन्याय हुने उनको धारणा थियो । धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार प्रमुखलाई जनतालाई रोग र भोकबाट बचाउनको लागि आवश्यक कदम चाल्न निर्देशन दिनुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा राज्यमन्त्री गुरुङले भने आफू सुरुदेखि नै समाजसेवामा सक्रिय रहेकोले अहिले सरकारमा जानुको मुख्य कारणपनि यही भएको सुनाए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र भलाईको लागि आफूले सक्दो काम गर्ने पनि प्रबिद्धता जनाईन् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× three = 15