भित्रियो मनसुन: देशका विभिन्न स्थानमा वर्षा शुरु, सतर्कता अपनाउन आग्रह

काठमाडौं : मनसुन भित्रिएसँगै देशका विभिन्न स्थानमा वर्षा शुरु भएको छ। एक दुई दिनमै मनसुन देशभर पुग्ने अनुमान गरिएको छ।

जुन १३ मा मनसुन सुरु हुने हो। यो पटक अलि अगाडि नै सुरु भो। तीन दिन लगातार पानी पर्छ। काठमाडौं लगायत पूर्वबाट सुरु भएको मनसुन एक दुइ दिनमा देशभरी पुग्छ। अब क्रमिक रुपले पानी पर्छ, मौसमविद् शान्ति कँडेलले भनिन्।

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमन भएको उल्लेख गर्दै सावधानी अपनाउन आग्रह गरेको छ।

देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाकोसमेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ, विभागको मौसम बुलेटिनमा भनिएको छ।

हाल देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको रहेको विभागले जनाएको छ। विभागले तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै सचेतता अपनाउन आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २९ गते

दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

साँझस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।

२०७८ जेठ ३० गते

दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

साँझस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

२०७८ जेठ ३१ गते

दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

साँझस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरुमा र प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

43 − thirty three =