पहिलोपल्ट नेपाली महिलाबाट भारतीय सेनामा भर्ना खुल्यो, यसरि दिनुहोस आबेदन

काठमाडौँ : नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ ।

शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ ।कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने उल्लेख छ ।

अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान दिइनेछ ।

शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ । त्यसअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइनेछन् । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five + = sixty seven