आईपिएल अंक तालिकामा फेरि उलटफेर, दिल्ली शिर्ष स्थानबाट झर्यो ( हेर्नुस अंक तालिका )

एजेन्सी, २१ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध मुम्बइ इन्डियन्सले ५७ रनको सजिलो जित निकाल्यो । जीतसँगै मुम्बाइ इन्डिन छ खेलको समाप्तिमा अक तालिकाको शीर्षस्थानमा पुग्यो । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको हो।

दोस्रो स्थानमा दिल्ली क्यापिटल्स छ। पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको पनि आठ अंक नै छ। मुम्बईसँग पराजित भएको राजस्थानले भने पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको छ। पाँच खेलबाट ६ अंक जोडेको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ। पाँच खेलबाटै चार अंक जोडेको राजस्थान सातौं स्थानमा छ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले चौँथो जित निकालेको छ। मंगलबार राति अबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो। टस जितेर मुम्बईले पहिलो ब्याटिङ गर्दै ४ विकेट गुमाएर राजस्थानलाई १९४ रनको चुनौति दिएको थियो। जवाफमा राजस्थान १८.१ ओभरमै सबै विकेट गुमाउँदै १३६ रनमा रोकियो।

राजस्थानका लागि जोस बटलरले ७० रन बनाउन बाहेक अन्य ब्याटसम्यान चल्न सकेनन्। इङल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले २४ रन बनाए। त्यस्तै टोम कुरानले १५ रन जोडे। राजस्थानका लागि मुम्बईका बलर जसप्रित बुम्राह घातक सावित भए। उनले ४ ओभर बलिङ गर्दा २० रन खर्चिएर ४ विकेट झट्काए। त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान २÷२ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको मुम्बईका सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गरेका थिए। उनले ४७ बलमा ७९ रन बनाएका थिए। उनले २ छक्का र ११ चौका हिर्काएका थिए। त्यस्तै कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पान्ड्याले ३० रनको योगदान गरेका थिए। राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चर र कार्तिक त्यागीको नाममा १÷१ विकेट रह्यो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seven = eight