कोलकत्ताबिरुद्ध धोनीको टिम चेन्नाईको लज्जाष्पद हार , १६८ रनको लक्ष्य पनि भेटाउन सकेन

एजेन्सी : यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिगमा (आईपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ । आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा तेस्रो जित हो ।

अबुधावीमा १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सकेपछि कोलकाताले रोमाञ्चक जित निकालेको हो। चेन्नईका लागि शेनवाटसनले सर्बाधिक ५० रन बनाए भने अम्बाती रायडूले ३०, रविन्द्र जडेजाले २१, फाफ डुप्लेसिसले १७, महेन्द्र सिंह धोनीले ११, केदार जादभले ७ रन बनाएका थिए । कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । कोलकोताका लागि राहुल त्रिपाठीले सर्बाधिक ५१ बलमा ८१ रन बनाएका थिए । राहुललाई अन्य ब्याट्सम्यानले साथ दिन सकेका थिएनन् । कोलकोताका लागि सुनिल नारनले १७, सुभमन गीलले ११, नितिश रानाले ९, इयोन मोर्गनले ७, आन्द्रे रासेलले २, कप्तान दिनेश कार्तिकले १२ र पाट कमिन्सले १७ रन बनाएका थिए ।

चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए । जितसँगै कोलकत्ताले ५ खेलमा ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको चेन्नाईको भने ४ अंक मात्रै छ । आईपिएल क्रिकेटमा आज राती सनराईजर्स हैदरावाद र किङ्स इलेभेन पन्जाव भिड्नेछन् । ४ अंकसहित हैदरावाद तालिकाको छैटौं स्थानमा छ भने २ अंक मात्रै जोडेको पन्जाव पुछारमा रहेको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = thirty two