आज असार १६ गते बुधवार तपाईको राशिफल पढ्नुहोस !

मेष– अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउला।

वृष– आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

मिथुन– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

कर्कट– प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

सिंह– व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।

कन्या– सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ। विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

तुला– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान्।

वृश्चिक– ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।

धनु– व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

मकर– स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।

कुम्भ– बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ।

मीन– रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty three − = eighteen