चन्द्रागिरिलाई यसरी ढाक्यो हिउँले (फोटो फिचर)

SHARE:
  • 58
  •  
  •  
    58
    Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बुधबार देशका अधिकांश स्थानमा पानी परेको छ । गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो ।

वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको छ । यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

योसँगै चिसो पनि निकै बढेको छ । भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ । काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखीनै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ। सेताम्य चन्द्रागिरी तस्बिरमा हेर्नुहोस् :

Comments

comments

सम्बन्धित शीर्षकहरु