करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरे अमेरिकामा यसरी हात हाल्दै ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाडौं, २७ असोज । घरको छतमा करेन्ट लागेर दुवै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरेले पुनर्जीवन पाउने भएकी छन् । उनि यतिबेला पुनर्जीवन पाउने आशासहित उपचारको लागि अमेरिका पुगेकी छिन् ।

समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिका पुगेकी हुन् । अमेरिका पुगे लगत्तै मेघाले सामाजिक सञ्जालमा लेखेकी छिन् : “फेरि खुशीको दिनहरु फर्किदैछ ।” मेघा घिमिरेले हात मात्र गुमाइनन्, हात सँगै जीवन भरी साथ दिने वाचा गरेका जीवनसाथीको साथ् समेत गुमाइन् ।

जव जीवनमा एकपछि अर्को पिण्ड थपियो त्यसपछि पनि उनि कति पनि बिचलित नभई सहयोगको अपिल गर्दै मिडियामा आएकी मेघालाई उपचारमा थप सहयोग मिलेको हो ।

पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट

पोर्चुगललाई हराउँदै युक्रेन युरोकप फुटबलका लागि छनौट भएको छ । गएराति युक्रेनमा भएको समूह ‘बी’ को खेलमा घरेलु टोली २–१ ले विजयी भयो । जितसँगै युक्रेनले ७ खेलबाट १९ अंक जोड्दै अर्को वर्ष हुने युरोकप फुटबलमा ठाउँ सुरक्षित गरेको हो ।

खेलमा पराजित भएपनि पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले एक गोल गर्दै करियरमा गोल संख्या ७ सय पु¥याएका छन् । देशका लागि उनको यो ९५ औं गोल हो । देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको सूचीमा रोनाल्डो दोस्रो नम्बरमा छन् । शीर्ष स्थानमा रहेका इरानका अली दाइले देशका लागि १ सय ९ गोल गरेका छन् ।

युरोकप फुटबल छनौटका अन्य खेलहरुमा आईसल्याण्ड, अल्बानिया, सर्विया र कोसोभो विजयी हुँदा फ्रान्स र टर्कीले एक एक गोलको बराबरी खेलेका छन् ।

Share Tweet

Comments

comments

सम्बन्धित शीर्षकहरु