नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

SHARE:
  •  
  •  
  •  

पछिल्लो समयमा नेतादेखि अभिनेतासम्म ठ’गी देखि भ’ष्टचारसम्मको आ’रोप लाग्ने गरेको छ । त्यसैक्रममा अभिनेता नायक अनमोल केसीवि’रुद्ध प्रहरीमा उ’जुरी परेको छ । महानगरीय प्र’हरी परिसर काठमाडौंमा उनीवि’रुद्ध ठगी गरेको अ’भियोगमा उ’जुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठ’गी गरेको भन्दै प्र’हरीमा उ’जुरी परेको हो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीवि’रुद्ध जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।

अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए । यस्तै सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि सम्झौताअनुसार केसीले फिल्म नखेलेर ठ’गी गरेको उजुरीमा उल्लेख छ ।

यस्तै फिल्म खेल्नका लागि ३ महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उ’जुरीमा उल्लेख छ ।

यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाइ उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्याएको उ’जुरीमा उल्लेख छ । उ’जुरीमा केसीले हानी नो’क्सानी पुर्याइ क्षति बि’गो तथा कानुन ब’मोजिम क्षतिपूर्ति समेत दि’लाइदिन माग गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु