कोउटिन्हो बार्सिलोना नै फर्किने !

SHARE:
  •  
  •  
  •  

काठमाडौँ, ५ वैशाख । बार्सिलोनाले लोनमा बायर्न म्युनिख पठाएका खेलाडी फिलिपिन्हो कोउटिन्हो बार्सिलोना फर्कने सम्भावना बढेर गएको छ । बार्सिलोना प्रशिक्षक क्विक सेटियनले उनी अर्को सिजन आफ्नो योजनामा रहेको बताएका छन् ।

बायर्न म्युनिखले पनि उनलाई फिर्ता पठाउने तयारी गरेको छ । बायर्नले कोटिन्होको खेलप्रति विश्वास नगरेपछि बार्सिलोना प्रशिक्षक सेटियनले यस्तो प्रतिक्रिया दिएका हुन् । मिडिया रिपोर्टका अनुसार आउने सिजन कोटिन्हो उनको पहिलो रोजाईमा पर्ने बताइएको छ ।

बायर्नमा लोनमा हानिएका कोटिन्होको खेल सोचजस्तो नभएका कारण उनलाई अन्य क्लब पठाउने तयारीमा क्लब रहेको थियो । उनलाई टोटनहम वा चेल्सीले अनुबन्ध गर्न सक्ने सम्भावना अधिक रहेको बताइएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु