कोरोनाले विश्व खेलकुद ठप्प बन्दा तुर्कमेनिस्तानको फुटबल लिग भने पुनः सुरु

SHARE:
  •  
  •  
  •  

तुर्कमेनिस्तान । कोरोना भाइरसका कारण यतिबेला विश्व खेलकुद ठप्प छ । तर, गत महिना स्थगित भएको तुर्केमिनिस्तानको फुटबल लिग फेरि शुरु भएको छ । यसअघि मार्च २३ मा लिग स्थगित भएको लिग पुनः शुरु भएको हो । कोरोना भाइरसको प्रभावका कारण मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि स्थगित गरिएको थियो ।

तर एक महिना नबित्दै तुर्केमिनिस्तानको फुटबल लिग पुनः शुरु गरिएको हो । लिगअन्तरगत अल्तेन असर र कोपेडागबीचको खेल हेर्न करिब ४ संख्यामा दर्शकसमेत रंगशालामा उपस्थित थिए ।

लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै कोरोना भाइरसले खेलकुद गतिविधि ठप्प भएपनि बेलारुस, ताजिकिस्तानमा पनि फुटबल लिग सञ्चालन भईरहेको छ । तुर्केमिनिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु