यस कारण म फेसबुकमा परपुरुषहरु सँग जिस्किने गर्छु

SHARE:
  •  
  •  
  •  

पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै गलत गर्दैछु झैं लाग्यो । अनलाईनमा आएको एउटा म्यासेजलाई हेर्न पनि मैले यता उता हेरेँ, कसैले देखेको पो छ कि ? आफैमाथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डराएको होला । उसले म्यासेजमा ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्कान आयो । तर, आफैलाई होईन जस्तो गरी सम्माहले ।

एउटा नचिनेको मान्छेको अनलाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ? श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसोपना हो कि कुनै नचिनेको मान्छेले लेखेको ‘हाय’ले पनि मेरो मनमा काउकुती लगाई रहेको थियो । शायद मैले उसलाई कुनै प्रतिउत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ ।

मैले उसलाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जिस्कीदा मलाई पनि मजा आई रहेको थियो । सानैदेखि सबैले ‘तिमी कति राम्री’ भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग, ठुला ठुला आँखा, सुन्दर मोहडा र मिलेको सुन्दर ज्यान जो’बन । तर मेरो परिवारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो । जुन केटा पहिलो चोटी हेर्न आयो त्यसैसँग लगाएर पठाई दिए । तर त्यो मान्छेलाई न रो’मान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमानले मलाई आँखा भरि हेर्नेछन्, रिसाएँ भने फकाउने छन्, ‘सप्राईज’ दिनेछन् र कम्तीमा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।

तर म के देख्छु, त्यो मान्छेको जीन्दगी त पुरै मेशिन जस्तो रहेछ । बिहान उठ्यो, आफ्नो अफिस गयो, राती दश बजे आयो खाना खायो र सुत्यो । त्यस्तो होईन कि मलाई यी कुराहरु थाहा छैनन् । तर आफ्नी श्रीमतीलाई माया गर्न, उसलाई आँखाभरी हेर्न र अंगालो हालेर मायाका दुईटा शब्द बोल्न कति पो समय लाग्छ र ? कि त मेरो श्रीमानमा यस्ता भावनाहरु नै छैनन् अथवा यस्ता कुरा भन्दा उनलाई आफ्नो पु’रुषार्थमा धक्का लागेको महशुस हुन्छ । से क्स गर्छन् तर रो’मान्स पटक्कै गर्दैनन् ।

बिहे भएको एक बर्ष भयो तर अझैसम्म पनि हामीले ‘फो’रप्ले’ गरेका छैनौँ । मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घरलाई जति सुकै चिटिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिनछन् । यी र यस्तै कुराहरुमा हराएकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो । उ मेरो फोटो देख्न चाहन्थ्यो । इन्टरनेटको दुनिया मेरा लागि नयाँ थियो । फेसबुक पनि उनले नै खोली दिएका थिए । ‘फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट’ गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न डर लाग्थ्यो ।

तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिनसम्म मैले उसलाई अल्झाई रहेँ । त्यसपछि मैले उसलाई म एयरहोस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन । आकाश पनि बिबाहित थियो । तीन बर्षको छोरो थियो उसको । मल्टीनेशनल कम्पनीमा पनि काम गर्ने रहेछ । विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटीहरुले चु’रोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रो’मान्च थियो । उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दिरहिछन् । उसले नै उनीहरुले एक अर्कालाई धेरै समय दिन नसकेको कुरा भन्थ्यो ।

एक दिन उसले भन्यो ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानिरहेकी छैन् किनभने उ एउटा मिटिङमा छे ।’ म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आ’नन्द हुन्थ्यो । यो सबै कुरा मसँग पहिलो पटक हुँदै थियो । एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम सकेर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्याममा आउन भन्यो । म डराएर अफलाईन भएँ । कस्तो लाग्यो भने आजैको दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।

तर अब उ मलाई जसरी भए पनि हेर्न जिद्दि गर्न थाल्यो । के गरौँ के गरौँ भएर म उदेखि टाढिन थालेँ । उ अनलाईन हुने समय म अफलाईन हुन थालेँ । केही दिन यस्तै चलि रह्यो अनि एक दिन रिसाएर उसले मलाई ब्ल’क गरि दियो । हाम्रो कुनै स’म्बन्ध थिएन तर पनि उ नहुँनाले मेरो जीवनमा झनै रि’त्तोपन थपियो । आफैमाथि रिस उठ्न थाल्यो कि म जागिर किन गर्दिनँ । पैसा कमाउन सक्ने थिएँ भने आफ्नै ढंगले निर्णयहरु गर्न सक्ने थिएँ ।

त्यसको केही समयसम्म म कसैसँग बोलिनँ तर, जति बेला पनि आकाशकै कुरा मनभरी खेल्थ्यो । उसँग हुँदा दिन कति छिट्टै बित्थ्यो । केही नभई त्यसै एक्लै हाँस्ने गर्थेँ । त्यसरी हेर्ने हो भने यसको सबै भन्दा ठुलो फाईदा मेरो श्रीमानलाई नै भयो । उनले केही पनि नगरिकन मेरो जीवनको त्यो खाली ठाउँ भरिएको थियो जुन कुरा उनले कहिलै देख्न सकेनन् । फेरी अर्को कोणबाट सोच्ने हो भने मैले केही गल्ती पनि गरेकी होईन । न मैले कसैलाई धो’का दिए न म कसैसँग सु’तेँ ।

मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्रीमती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दुविधामै केही दिन थप बिते । त्यसपछि एक दिन यसै गरी एउटा केटाको प्रोफाईल हेरेँ । अनुहार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । उसले भन्यो ‘तपाईं त बिबाहित हो अनि मलाई रिक्वेस्ट किन पठाएको’ ? मैले भने ‘के बिबाहित महिलाहरुले साथी बनाउन हुँदैन।’

त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको स’म्पर्कमा छु । यसैगरी एक दिन फेसबुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिनेमाका कलाकारहरुको फोटो थियो । मलाई लाग्यो यो मान्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ । मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्सेप्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो । पहिलो दुई बर्षसम्म त कुनै होस नै रहेन कि म कहाँ छु ।

अब छोरी तीन बर्षकी भैसकी तर अहिले पनि आफ्ना लागि समय निकाल्न सजिलो छैन । घरी घरी कसैसँग कुरा गरौँ भन्ने लाग्छ तर जसै फोन उठायो छोरी विडियो हेर्न भनेर आई पुग्छे । कहिले काँही त निकै ‘फ्रस्टेसन’ हुन्छ । मलाई यो के भैरहेको हो ? यसरी जीवन जीउनुको अर्थ ? भन्ने लागि रहन्छ । मात्र एउटी आमा र कसैकी स्वा’स्नी बनेर मेरो जी’वन सकिएको छ । त्यसैले मैले के निर्णय गरेकी छु भने मैले यी सबै आफ्नी छोरीको जीवनमा हुन दिन्न । उसलाई केही बनाउनेछु । उसले आफ्नो जीवन आफ्नै मुल्य र सर्तहरुमा बाँचोस । रातोपाटी डटकम बाट।

Comments

comments

सम्बन्धित शीर्षकहरु