नयाँ संक्रमित नभेटिएपछि भुल्के क्षेत्रको ‘सिल’ हट्यो

SHARE:
  •  
  •  
  •  

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा गत बैशाख ५ गते पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भुल्के क्षेत्र एक महिना नाै दिनपछि सामान्य अवस्थामा ल्याइएको छ । भुल्केमा ३२ जना १ जना सञ्चारकर्मीसहित उदयपुर जिल्लाभरिमा ३३ जना को’रोना संक्रमित भेटिएको थियो ।

जसमध्ये भुल्केका ३२ जना भने निको भएर घर फर्किएका छन् । समुदाय बाहिरबाट फेला परेको १ सञ्चारकर्मीको प्रादेशिक अस्पताल विराटनगरमा उपचार भैरहेको छ । त्यस क्षेत्रका शंकास्पद व्यक्ति, वस्ती, संक्रमित बाट उच्च जोखिममा रहेकाह व्यक्ति र उनी हरूकाे सम्पर्कमा रहेकालाई बारम्बार परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि सो क्षेत्रको सिल हटाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

को’रोना अस्पताल विराटनगरमा उपचार पछि एक साताअघि फर्किएका ५ जना र पछिल्लो चार परिवारका गरी २४ जनालाई त्रियुगा नगरपालिकाले त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्दै आएको थियो । विराटनगरबाट निको भइ क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीया रौसना खातुन,४१ वर्षीय मुफतर मियाँ, १८ वर्षीय इमरान आलम, १८ वर्षीय पर्वेज आलम र २० वर्षीय आजाद आलमलगायत २४ जनालाई बुधबार स्वास्थ्य प्रमुख सुवेदीले खादा ओढाएर फूलमाला सहित विदाइ गरे ।

क्वारेन्टाइनबाट विदाइ भएका उनीहरु सबै आ-आफ्नो घर फर्किएका छन् । वि’दाइ समारोहमा प्रमुख सुवेदीले घरमा गएर पनि सामाजिक दूरी कायम राख्न, सेनिटाइजर, माक्स, साबुन पानीले नियमित हातधुने लगायतका सुरक्षा विधि अपनाउन र सरकारले गरेको लकडाउनको पूर्णरुपले पालना गर्न अनुरोध गरे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु