सोमबार यी पाँच काम गर्दा मनोकांक्षा पूरा हुने विश्वास

SHARE:
  •  
  •  
  •  

अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

१. सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

हेर्नुहोस आजको राशिफल : वि.सं.२०७७ साल असार ०१ गते । सोमबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७७ साल असार ०१ गते । सोमबार । ईश्वी सन् २०२० जुन १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– दशमी, अहोरात्र । नक्षत्र–रेवती,५६ घडी ४४ पला,रातको ०३ बजेर ५१ मिनेट उप्रान्त अश्विनी । योग–सौभाग्य,२२ घडी ०७ पला,दिउसो ०२ बजेर ०१ मिनेट उप्रान्त शोभन ।

मेष : कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

बृष : अध्ययन अध्यापनमा अन्य दिनुभन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । साथीभाइसँग रमाइलो भेट घाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ ।

मिथुन : पैत्रिक धन सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिने छ । लक्ष्य प्राप्तीको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्ने छन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिदै बन्ने छन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।

सिंह : समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने तथा टाढिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

कन्या : पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तुला : इष्टमित्र तथा आफन्तका साथ मिठा-मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिने छ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ ।

बृश्चिक : कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ। प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

धनु : अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको इमान्दारिताको कदर सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर : परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ। वि वादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कुम्भ : विद्या तथा प्रतिस्पर्धिहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हास खेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाइमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन : पुराना कामबाट लाभ लिने समय रहेकोछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समय ले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् । तपाईको दिन शुभ रहोस् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु