सडक दुर्घटनामा निधन भएकी सुजाताको जापानमै अन्त्येष्टी, २१ वर्षकै उमेरमा विलाए आँखाभरीका सपनाहरु

SHARE:
  •  
  •  
  •  

टोकियो । मिई केनमा आईतबार सडक दुर्घटनामा मृत्यु भएकी सुजाता बास्तोलाको मंगलबार जापानको योक्काइचिमा अन्त्यष्टी सम्पन्न भएको छ । मंगलबार विहान अन्तेष्टी गर्नु अघि, श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । सभामा मृतक बास्तोलाका श्रीमान सुनिल आचर्य, दाजु नाता पर्ने प्रदिप बास्तोला, आचर्यका भिनाजु नाता पर्ने प्रकाश कोईराला, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कि सचिव बिष्णु घिमिरे , नागोया संयोजक श्याम शितल, कास्कि पोखरा समाज जापानका महासचिव कमल बास्तोला लगायतका करिब ७० जना भन्दा बढी नेपालीहरुको उपस्थिति थियो । त्यो संगै, बास्तोलाई ठक्कर दिने गाडिवाला परिवारबाट पनि दुई जना जापानीले शोक व्यक्त गर्न शोक सभामा सहभागिता जनाएका थिए ।

प्रहरीका अनुसार बास्तोलाले चेढेको स्कूटरले सहि दिशा दिन नस्कदा मिनि ट्रकको अगाड़ीको ढोकामा ठोकिएको कारण मत्यु भएको हो । कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार मृतक बास्तोलाको आगमि कानुनी प्रकृयाको लागि परिवारका सदस्यहरुसग सल्लाहगरी कास्कि पोखरा समाज जापानका महासचिव कमल बास्तोलालाई संयोजन गर्ने जिम्मा दिएको छ भने एनआरएन जापानको सहयोगमा बॉकि कार्य गरिने पनि बताउनु भयो ।

समाजले दुःखको घडीमा हामीलाई सहयोग गर्नु हुने सम्पूर्ण एनआरएन जापान सहित सबै सहयोगी संघसंस्थाहरुलाई कास्की पोखरा समाज जापान को तर्फबाट आभार ब्यक्त गरेको छ । स्मारण रहोस गएको महिना पनि जापान कै साईतामामा कास्की पोखराका सुविन सुबेदीको मस्तिष्कघातबाट मृत्यु भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु