प्रधानमन्त्रीले भने : भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको छ

SHARE:
  •  
  •  
  •  

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन् ।नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको प्रधानमन्त्री ओलीको दाबी छ ।

‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । त्यसपछि हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । भारतको राज्यसंयन्त्र अचम्मसम्म सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि होटेलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउनुपर्छ भनेर दौडधुप भइरहेको दाबी गरे । तर, प्रधानमन्त्री ओलीलाई हटाउन त्यति सजिलो नभएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्याे कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने गलत नजिर स्थापित हुन्छ । म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ ।

त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’नेपालले नक्सा जारी परेपछि भारतसँग सम्बन्ध बिग्रिएको र वार्ताका लागि वातवरण नभएका वेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

प्रतिकृया दिनुहोस्

Comments

comments

सम्बन्धित शीर्षकहरु