सर्वसाधारणले अटेर गरेपछि लकडाउन अब फेरि कडा पार्न तयारी

SHARE:
  •  
  •  
  •  

काठमाडौं, १५ असार । संक्रमितहरु अझ बढ्न थालेको र काठमाडौं उपत्यकामा समेत संक्रमित थपिन थालेपछि जोखिम बढेको भन्दै सरकारले लकडाउनलाई कडाई गर्ने भएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को सोमबार बसेको बैठकमा लकडाउनको बारेमा समीक्षा गर्दै यस्लाई कडाई नगरिए जोखिम थामिनसक्नु अवस्थामा पुग्न सक्ने निष्कर्ष निकालिएको छ ।

सडक र पसल एवं चौतर्फी मानिसको गतिविधि बढेको र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोभिड १९ को जोखिम न्यूनीकरणका लागि तोकेको मापदण्डको न्यूनतमसमेत पालना नभएको भन्दै लकडाउन कडा बनाउने तयारी सरकारले गरेको हो । ‘सामाजिक दूरी कायम भएको देखिएन, जताततै मास्क नलगाई हिड्ने प्रवृति आम मानिसमा देखिएको छ, जततातै मानिसहरुको भीड बढ्दो छ’ सीसीएमसीका एक सदस्यले न्यूज २४ लाई बताए ।

खुलेका धेरै गतिविधिहरु कायम नै राखेर भौतिक दूरी लगायत अन्य प्रावधान अब कडा ढंगले लागू गरिने पनि लकडाउनको निगरानी बढाइने पनि ती सदस्यको भनाइ छ । काठमाडौं उपत्यकामा सोमबार एकै दिन आठ जना संक्रमित भेटिएपछि उपत्यकामा जोखिम बढेको पनि सीसीएमसीको निष्कर्ष छ ।

उपत्यका बाहिरबाट आउनेको गतिविधि बढ्नु र काठमाडौं उपत्यका भित्र लकडाउन पूर्वको अवस्था झै देखिएपछि पनि सीसीएमसी लकडाउन कडा पार्न अघि सरेको हो । सीसीएमसीले विदेश पढ्न जानेहरूका हकमा भने कोभिड १९ को नियन्त्रणको सबै प्रावधान पूरा गरेर भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु