भारतले डोकलाम संकट भन्दा पनि बढी नोक्सानी झेल्नुपर्ने चीनको चेतावनी

SHARE:
  •  
  •  
  •  

काठमाडौं। भारत र चीनबीच लद्दाख भीडन्तपछि थप तनाब बढेको छ। भारतले ५९ वटा चिनियाँ एप बन्द गरिदिएपछि चीनले भारतलाई काउन्टर स्वरुप व्यापार युद्धको धम्की दिएको छ । चीनको ग्लोबल टाइम्सले डोकलाम विवादको उल्लेख गर्दै लेखेको छ ‘विगत केही वर्षमा कहिलेकाहीँ भारत–चीन सीमामा केही विवाद भएका छन् ।

तर, व्यापार युद्ध दुवै देशको लागि असामान्य हुनेछ । सन् २०१७ को डोकलाम विवादका क्रममा पनि भारतको आर्थिक नोक्सानी सीमित रहेको थियो किनकि संकटपछि द्विपक्षीय व्यापार छिटै सुरु भएको थियो ।’ ग्लोबल टाइम्सले अगाडि लेखेको छ ‘यो कुरालाई इन्कार गर्न सकिँदैन कि एपहरु बन्द भएपछि चिनियाँ कम्पनीलाई नोक्सानी हुनेछ ।

तर, यदि ठूलो तस्वीर हेर्ने हो भने यो प्रस्ट छ कि भारत चीनको विशाल अर्थतन्त्रलाई नोक्सानी पुर्याउन सक्ने स्थितिमा छैन । सीमामा भएको झडपपछि चीन भारत सरकारसँग शान्तिको प्रयास गरिरहेको थियो ताकि द्विपक्षीय आर्थिक र व्यापारिक सम्झौतालाई सुरक्षित राख्न सकियोस् । यसबाट दुवै देशलाई लाभ हुनेछ ।’

ग्लोबल टाइम्सले भनेको छ ‘तर, अब यस्तो लाग्छ कि मोदी सरकार भारतीयहरुबीच बढिरहेको राष्ट्रवादलाई रोक्न असफल भएको छ । मोदी सरकारले देशमा बढ्दो राष्ट्रवादको दबाबका कारण एप बन्द गर्ने निर्णय गर्यो । सीमामा जस्तो झडप भयो यस्तो घटना दुवै देशले पहिले देखेका थिएनन् ।’

भारत सरकारले चिनियाँ लगानीकर्ताको विश्वासलाई तोडेको छ । यदि भारत सरकार देशको राष्ट्रवादी भावनालाई यसैगरी बढावा दिइरहन्छ भने भारतले डोकलाम संकट भन्दा पनि बढी नोक्सानी झेल्नुपर्ने चेतावनी चिनियाँ अखबारले दिएको छ।

Comments

comments

सम्बन्धित शीर्षकहरु