ओलि र प्रचण्डबिच कुरा मिल्यो ! खुसी हुँदै प्रचण्ड बालुवाटारबाट बाहिरिए

SHARE:
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादले केही दिनयता मुलुक राजनीतिमा जटिलता बढाएको छ । प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले माग गरेपछि नेकपाको विवाद चुलिएको छ ।

उनीहरुले राजीनामा मागे पनि आफूले नदिने ओलीको अडानपछि नेकपा विवाद पेचिलो बन्दै गएको छ। यही असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक नै स्थगित गरेर शीर्षनेताहरुबीच लगातार छलफल भइरहेको छ । यही बेला सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच ‘वान अन वान’ वार्ता भएको छ । उनीहरुबीच के के कुराकानी भएको हो भन्नेबारेमा केही नबाहिरिए पनि प्रचण्ड प्रफुल्ल मुद्रामा बालुवाटारबाट बाहिरिएका छन् ।

यसले उनीहरुबीचको छलफल सकारात्मक भएको संकेतको रुपमा नेकपाका नेताहरुले लिएका छन् । अध्यक्षद्वय ओली र प्रचण्डबीच डेढ घण्टा वार्ता भएको हो । बालुवाटारमा सोमवार बिहान १० बजेदेखि शुरू भएका वार्ता झण्डै डेढ घण्टा चलेको हो । अध्यक्षद्वय ओली र प्रचण्डको टकरावका कारण स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । साथै केन्द्रीय कमिटी बैठक बोलाउन पनि नेताहरुले हस्ताक्षर अभियान चलाएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु