सरिता गिरीको सट्टामा सासंद बन्ने को हुन् यी महिला ?

SHARE:
  •  
  •  
  •  

काठमाडौं । समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेसँगै उनको ठाउँमा लीला सिटौला सांसद बन्ने भएकी छिन् । सिटौला ललितपुर निवासी हुन् । गिरी पार्टीको कारवाहीमा परेपछि उनको पद चट् भएको थियो । गिरीको सांसद पद गएसँगै अब बन्दसूचीमा गिरीभन्दा मुनि रहेकी सिटौला स्वतः सांसद बन्ने भएकी हुन्।

ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् । यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको समाजवादीका नेताहरु बताउँछन् । तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो । त्यसमध्ये एक पुरुष र ५ महिला सांसद बनेका थिए ।

पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु