साईप्रसमा २१ वर्षीया नेपाली युवतीको ज्यान गयो

SHARE:
  •  
  •  
  •  

ब्रसेल्स : धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दु’र्घ’टनामा परी मृ’त्यु भएको छ ।
अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दु’र्घ’ट’नामा परी घाइते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृ’त घोषणा गरेका थिए ।

निकोसीयाबाट संचारकर्मी समिम मियाका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृ’त्युबारे पुष्टि गरिसकेको बताए । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटर साइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । घ’ट’नाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु