Categories
समाचार

नेपालमा आज थप ८७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं, २ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ सय ७२ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ३ सय ८३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ३६ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ८८ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख ९४ हजार ३ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ ।

Categories
समाचार

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाडौं-आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ पुगेको छ ।

हिजो ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Categories
समाचार

आज बिश्वकर्मा पुजाकै दिन ह्वात्तै घट्यो सुनको मुल्य , तोलाको कति ? हेर्नुस

काठमाण्डाै : सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो र अस्ती सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Categories
समाचार

कुलमान घिसिङको बारेमा निर्णय गर्न प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक ११ बजे बस्नेगरी डाकिएको स्रोतले बतायो । आज बस्ने मन्त्रिपरिषद बैठकले कुलमान घिसिङको बारेमा निर्णय गर्न सक्ने समेत बताइएको छ । चौतर्फी विरोध भएपछी विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव उर्जामन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ ।

यसको अलावा बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ । सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ । गत वर्ष सरकारले संविधान दिवस(असोज ३)का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।

Categories
समाचार

खुसिको खबर ! यसरी फेरि कलमान बन्दैछन् विद्युत प्राधिकरणको प्रमुख

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको छ । बिहीबार उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तका स्वकीय सचिव दुर्गा चापागाईंले यस विषयमा सामाजिक सञ्जालमा लेख्दै प्राधिकरणमा कुलमान नै दोहोरिने सम्भावना जीवत नै रहेको बताउनुभएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका स्वकिय सचिव चापागाईंका अनुसार मन्त्रालयको तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । यसबारे मन्त्री वर्षमान पुनले घिसिङ नै दोहोरिने सम्भावना जीवितै रहेको बताउनुभएको छ । घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर मन्त्री पुनले गत आईतबार नै प्रस्ताव अगाडि बढाइसकेको उहाँको भनाइ छ ।

‘उहाँहरु दुवैजनासँग सल्लाहा गरेर आईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन,’ मन्त्री पुनले भन्नुभएकाे छ, ‘मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव विचाराधीन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ । अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनियुक्तिको सम्भावना जीवितै छ ।’ घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हाल हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराइसकेको जनाइएकाे छ ।

Categories
समाचार

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना

काठमाडौं, १ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई मेन्सन गर्दै लेख्नुभएकाे छ- ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँकाे जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यानो अभिवादन ! म तपाइँको सु-स्वास्थ्य र खुसीका लागि शुभकामना व्यक्त गर्दछु ।’ उहाँकाे ट्विट अंग्रजी भाषामा लेखिएकाे छ ।

उहाँले भारतीय समकक्षी मोदीसँग मिलेर काम गर्ने समेत उल्लेख गर्नुभएकाे छ । यसअघि भारतसँगकाे सीमा विवाद र नक्सायुद्धले उग्र रूप लिएपछि नेपाल-भारतबीच सम्बन्ध चिसिएकाे अनुमान गरिएकाे थियाे । पछिल्लाे समय दुवै देशका तर्फबाट कूटनीतिक पहल र संवाद हुन थालेकाे छ ।

Categories
समाचार

कुलमानले चुनाव लडे ७७ जिल्लाको जुनसुकै ठाउँबाट आँखा चिम्लेर जित्छन्’

काठमाडौँ – वरिष्ठ हाँस्यकलाकार मदन किष्ण श्रेष्ठले ४ वर्षे कार्यकाल सकाएर बिदा भएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्त गरे सरकारलाई नौ लाभ हुने बताएका छन्।

कुलमानको पक्षमा सर्वत्र आवाज उठिरहेका बेला कलाकार श्रेष्ठले कुलमानको पक्षमा सारा नेपाली रहेको र जनादेशलाई सम्मान कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्नियुक्त गर्नु सरकारकै लागि लाभकर हुने बताएका हिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने श्रेष्ठ बताउँछन्।

“एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिङ्गो मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली, हिमालदेखि तराईका सतहत्तरै जिल्लाका साँढे ३ करोड जनताका आत्मादेखि रुचाइएको श्री कूलमान घिसिङ नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चीत देखिन्छ।”,श्रेष्ठ फेसबुकमा लेख्छन्।

सम्पूर्ण नेपालीको मन जितेका व्यक्तिलाई हटाउँदा सम्पूर्ण नेपालीको मन दुख्ने उनको भनाई छ। जनादेशलाई सम्मान गरेर जनताको मन जित्नु स्वविवेकी हुने उनी बताउँछन्।

“आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन। लौ है, आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।”,श्रेष्ठले फेसबुकमा लेखेका छन्।

Categories
समाचार

अब काठमाडौंमा सबै पसल खोल्न पाइने: यस्तो छ नयाँ ब्यबस्था

काठमाडौं– अब काठमाडौं उपत्यकाभित्रका भित्र सबै पसल खोल्न पाइने भएको छ । उपत्यकाभित्रका तीन जिल्लामा बारअनुसार पसल खोल्ने व्यवस्था हटेको छ। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले व्यवसाय खोल्न पाइने व्यवस्था १ असोज, बिहीबारदेखि लागू हुने निर्णय गरेको हो।

बैठकले अर्को आदेश नभएसम्म यातायातमा जोरबिजोर प्रणाली भने कायम राख्ने निर्णय गरेको छ। अत्यावश्यक सेवा र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुने छैन। बिहीबारदेखि होटल, रेष्टुरेन्ट पनि सञ्चालन गर्न पाइने छ। यसअघि ‘टेक अवे’ सुविधा मात्रै दिन पाउँथे।

भेला, भीडभाड, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा भने रोक लगाइएको छ। त्यस्तै, मठमन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधि र भीडभाड गर्न पाइने छैन। शैक्षिक संस्था तथा परीक्षा सञ्चालन गर्न पनि निषेध गरिएको छ।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरञ्जन स्थल, स्पा, सैलुन, ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद पनि सञ्चालन हुने छैनन्।प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायतमा हुने क्रियाकलाप सञ्चालनमा पनि निषेध आदेश कायमै छ।

Categories
समाचार

कुलमानलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना हो : रविन्द्र मिश्र

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति नदिएपछि अहिले चौतर्फी विरोध भइरहेको छ । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र विद्युत चुहावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजालमा सर्वसाधारण, कलाकार लगायतले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति दिन माग गरिरहेका छन् । भने प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता पाउनुपर्ने माग राख्दै उनको पक्षमा र्‍याली पनि निकालिएका छन् ।

यसैबीच साझा पार्टीका नेता रविन्द्र मिश्रले कुलमानलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा कुलमानले असाधारण काम गरेको बताउदै उनलाई दोस्रो कार्यकाल नदिनु भनेको भ्रष्ट राजनीतिको चरम नमूना भएको बताएका छन् ।उनले भनेका छन् : ‘पद्दति होइन, भ्रष्टता हो , धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ।’

‘विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर ‘तिम्रो करारसेवा टुङ्गियो’ भनिन्छ। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।’

Categories
समाचार

काठमाडौं उपत्यकाको नि’षेधाज्ञा थप नहुने, जोरबिजोर प्रणाली पनि खा’रेज

काठमाडौं। काठमाडौं उपत्यकामा अब नि’षेधाज्ञा थप नहुने भएको छ। मन्त्रिपरिषद्ले नै दैनिक गतिविधि नियमिततर्फ फर्काउन निर्णय गर्दै अघि ब’ढेकाले उपत्यकाका तीनै जिल्ला प्रशासनले अब नि’षेधाज्ञा लगाउने छैनन्। उपत्यकामा लगाइएको नि’षेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ। नि’षेधाज्ञा नहुने भएसँगै अब जोरबिजोर प्रणाली अनुसार यातायातका साधन चलाउने नियम पनि खा’रेज भएको छ। भदौ २४ गते नि’षेधाज्ञा खुकुलो पार्दै यहाँका प्रशासनहरुले जोरविजोर प्रणालीमा मात्र यातायात चलाउन पाइने निर्णय गरेका थिए।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेका हुनाले अब उपत्यकाका प्रशासनले थप निर्णयहरु गरिरहन पर्दैन। थप निर्णय नगरिसकेपछि अब उपत्यकामा नि’षेधाज्ञा रहने छैन। जोरबिजोर प्रणाली पनि स्वत: समाप्त हुनेछ। सरकारले कोरोनाबाट जो’गिन आवश्यक स्वास्थ्य मा’पदण्ड पालना गर्दै भोलिदेखि यातायातका सा’धन चलाउने निर्णय सोमबार गरेको थियो।