सल्यानमा घरको छतबाट खसेर घाइते भएका बालकको उपचारमा आर्थिक समस्या

सल्यान । सल्यानमा घरको छतबाट खसेर घाइते भएका एकजना बालकको उपचारका लागि आर्थिक समस्या भएको छ ।शारदा नगरपालिका वडा नम्बर ५ घर भइ श्रीनगरमा कोठा भाडामा बस्दै आएका रमेश खड्काका ३ वर्षीय छोरा यूनिक खड्काको उपचारमा आर्थिक समस्या भएको हो ।

एक महिना अगाडी साउन २ गते घरको छतबाट खसेर घाइते भएका यूनिकको अहिले काठमाडौं स्थित अन्नपूर्ण न्यारो अस्पतालमा उपचार भैरहेको छ ।

उपचारका लागि अहिलेसम्म १० लाख भन्दा बढी खर्च भैसकेको र अझै धेरै खर्च लाग्ने अस्पतालले जनाएको छ । उनलाइ एक महिनादेखि आइसियूमा राखेर उपचार गरिएको फुपू कविता बस्नेतले बताइन् ।

उनकाअनुसार यूनिकको यसअघि टाउकोको अप्रेशन गरिएको थियो भने अझै फेरि टाउकोमा रगत जमेकोले फेरि पनि अप्रेशन गर्नुपर्ने छ । त्यस्तै, हात भाँचिएकोले हात लगाएत अन्य भागको पनि अप्रेशन गर्ने पर्ने फुपू कविताले बताइन् ।

आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या आएकोले सबैले सहयोग गरिदिन् उनले अपिल गरेकी छन् । लेकाली अनलाइनसँग कुरा गर्दै फुपू कविताले भनिन्, ‘उनिहरुको आर्थिक अवस्था निकै कमजोर हो । श्रीनगरमा कोठा लिएर बस्थे, हामीहरुले केही सहयोग गरेर अहिलेसम्म उपचार गरियो ।

अझै १५ लाख भन्दा बढी रुपैयाँ खर्च हुन्छ रे । अब त घरबाट उपचार गर्न सक्ने अवस्था छैन् । सबैले सहयोग गर्दिनु भयो भने उपचार हुने थियो ।’

सहयोग गर्न चहानेले यूनिकका अंकल तुल बहादुर खड्काको कुमारी बैंकमा रहेको खाता नम्बर ०२५०१०३३९२२००००१ मा पैसा जम्मा गर्न सकिन्छ । त्यस्तै ९८६६२३५८१९ सम्पर्क गर्न सकिन्छ ।

यसैबीच शारदा नगरपालिका वडा नम्बर ५ ले पनि घाइते यूनिकको उपचारका लागि सहयोग गरिदिन सबैलाइ अनुरोध गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 × one =