कृष्ण कँडेलकै अगाडि छत्र शाहीले महिलामाथि गरेको हर्कत सामाजिक सञ्जालमा भाईरल(भिडियो)

काठमाडौं । लोकगायक तथा इन्द्रेणी लोक समूहका व्यवस्थापक कृष्ण कँडेलकै अगाडि गायक छत्र शाहीले एक युवतीमाथि गरेको अशोभनीय हर्कतपछि अहिले सामाजिक सञ्जाल ततिएको छ ।

छोटो कट्टु र भेस्ट लगाएकी एक युवतीलाई छत्रले हिलोमा लडाएर बिभिन्न आसनमा चलीरहेको दृष्य अहिले भाईरल बनेको हो । क्यानडा नेपाल नामक युट्युब च्यानलमा अपलोड भिडियोमा लोकगायक कँडेल, छत्र शाही र कल्पना दाहाललगायतको टिम खेतमा पुगेको देखिन्छ ।

कँडेलले वरीपरिका केहीसँग अन्तरवार्ता लिइरहेकै बेला छत्रले ती युवतीलाई कुस्ती खेलेजस्तै गरी पेटमा काँधले प्रहार गरेर हिलोमा पछारेको दृष्य देखिन्छ ।

त्यसपछि उठ्न खोजेकी ति युवतीमाथि छत्र बिभिन्न आसनमा लुटुपुट घिस्रीरहेको दृष्य कैद भएको छ । यो दृष्य र फोटो भाईरल भएपछि अहिले चौतर्फी आलोचना सुरु भएको छ ।

कृषिप्रधान देशमा धान दिवसको अवसर पारेर आयोजना हुने कार्यक्रमहरुमा वर्षेनी हुने यस्ता कन्ट्रोभर्सीहरुले असार १५ अर्थात दही चिउरा खाने दिनलाई असभ्यतर्फ धकेलीरहेको सर्वसाधरणको गुनासो छ ।

हेर्नुहोस् भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 2 =